आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म धरानमा निषेधाज्ञा जारी गरिएको  छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकलबाट निर्णय भएपछि आजबाट निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले डेङगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालिन अवस्था क्षेत्र घोषणा गर्ने गरि सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारि गरिएको छ। जरि निषेधाज्ञामा धरान उप महानगरपालिका भित्र सामाजिक, धार्मिक, राजनितिक सभा सम्मेलन नगर्न भनिएको छ । धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । 

3 1