विराटनगर ६ भाद्र ।

कोशी प्रदेश सभा बैठक शुरु भए लगत्तै एमाले र राप्रपाले उठेर विरोध गर्दै बहिष्कारका गरे पछि आजको बैठक नै स्थगित भएको छ ।

बैठकमा सुरु हुना साथ प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धब थापालाई संविधान विपरीत विश्वासको मत दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै आरोप समेत लगाए त्यस पछि एमाले र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरेका थिए । एमाले र राप्रपाका सबै सांसदहरु बैठक छोडेर हिडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो । बहिस्कार पछि संसद बैठक नै स्थगित भएको छ ।