प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी छ । 

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।