सुन्दरहरैचा । नेपाल शिक्षक महासंघ सुन्दरहरैचा नगरकमिटीको अध्यक्षमा ठाकुरप्रसाद सुवेदी चयन भएका छन । मगंलबार भएको दोश्रो नगर अधिवेशनबाट सुवेदी अध्यक्षमा चयन भएका हुन् ।
महासंघको सहअध्यक्षमा तोयानाथ फुयाल, उपाध्यक्षमा हरीकृष्ण खड्का, उपाध्यक्ष ( महिला )मा सोभा चौधरी, सचिवमा हेमनाथ अधिकारी, सहसचिवमा सुर्यबहादुर बस्नेत, सहसचिव ( महिला ) मा बुद्धकला सुवेदी, सहसचिव ( अर्थ ) मा बालकृष्ण ढकाल, सस्थागत सहसचिवमा हेमबहादुर ठकुरी, अनन्तराम माझी, पर्शुराम खवास, जीवनाथ कट्टेल र दिव्यकुमारी भेट्वाल चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा युवराज खुलाल, क्रिस्मिता श्रेष्ठ, रत्ना दाहाल, डिल्लिप्रसाद भट्टराई, कृष्ण सुवेदी, दिपक खनाल, मेनुका पोखरेल, ज्योती गुरुङ, रुद्रप्रसाद बजगाई, पदमबहादुर श्रेष्ठ, तारादेवी घिमिरे, निर्मला राई र पवित्रा गुरुङ चयन भएका हुन् ।
शिक्षक महासंघ सुन्दरहरैचाको दोस्रो नगर अधिवेशन मंगलबार सुकुना माद्यामिक विधालयको सभाहलमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट २६ जनाको समिती गठन भएको हो ।