प्रदेश नं १ का मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत प्राप्त गनृूभएको छ ।मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने गठबन्धन दलको बैठकले निर्णय गरे पछि उहाँले ४७ मत पाएर विश्वासको मत प्राप्त गर्नुभएको हो ।
प्रदेशसभाको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएपनि प्रदेशसभाको बैठक बसी मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नु भएको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ बमोजिम थापाले विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँको पक्षमा ४७ र विपक्षमा जम्मा ३० मत प्राप्त भएको थियो ।