स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी छिन् । विश्वासको मत लिने माथिको छलफलमा बोल्दै उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी हुन् ।

संघीयतालाई संस्थागत गर्नका लागि प्रदेश सरकारको नामकरणको वार्ता र संवादद्धारा समाधान गर्ने प्रतिवद्धताको आधारमा आफूले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताइन् ।उनले भनिन्,‘पार्टीको निर्णय पनि याही हो, द्धन्द्धमा धकेल्नुभन्दा पनि शान्तिपूर्ण बनाउन प्रतिपक्ष र पक्ष दुवै जिम्मेवार भएर संवेदनशिलताको साथ निर्णय लिनुपर्छ । ’

पहिचानको आन्दोलनलाई न्याय र सम्मानका साथ जोडेर लग्नुपर्नेमा उनले सबै दललाई  आग्रह समेत गरेकी छिन्  ।