कोशी प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।  कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको हो । 

 मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उपसभामुख नै अनुपस्थित भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेन् । बैठक स्थगित भएपनि  कसले स्थगित गर्ने भन्ने  अन्योलमा रहेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरका अनुसार सोमबार बिहान ८ बजेका लागि बोलाइएको परामर्श समितिको बैठक दिउँसोका लागि सारिएको छ । सो बैठकमा सहमति भए प्रदेश सभा बैठक सञ्चालन हुने उनले बताए ।

आज  बिहान ८ बजेका लागि बोलाइएको परामर्श समितिको बैठक दिउँसोका लागि सारिएको र सो बैठकमा सहमति भए मात्रै प्रदेश सभा बैठक सञ्चालन हुने छ ।