विराटनगर ४ भाद्र ।
विहान ८ बजे बसेको कोशी प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक दिउसो १२ः १५ बजे बस्ने गरि स्थगित भएको छ ।
बैठकको अध्यक्षता गर्ने उपसभामुख अनुपस्थित भएपछि परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी भएर उपसभामुखले पठाएको अनुपस्थित रहने सूचना हेरेर सामान्य छलफल पछि बैठक स्थतिग भएको नेकपा एमाले कोशी प्रदेशका प्रमखु सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।
उनले अध्यक्षता गर्ने उपसभामुख को स्वास्थ्य अवस्थाका कारण काठमाण्डौं जानुपरेकाले यो वैठक स्थगित गरेर अर्को वैठक बोलाउने निर्णय भएको बताए ।
आजै दिउँसुो १२ः१५ बजे बैठकको अध्यक्षता गर्ने जिम्मेवारी पाएका प्रदेशसभा सदस्य इस्राइल मन्सुरको उपस्थितिमा बैठक बस्ने गरि बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले उपसभामुखले प्रदेश सभालाई अनिर्णयको बन्दि बनाएको आरोप लगाएका छन् । उनले उपसभामुखको यस्तो कार्यलाई लिएर न्यायालयको ढोका सम्म पुग्ने चेतावनी दिएका छन् ।
उनले उपसभामुखले वोलाएको बैठक आफै उपस्थित नभए पछि स्थगित भएको जवाफ दिदै प्रदेशको स्थिर सरकारको लागि सभामुखलाई राजिनामा दिन लगाएको र गठबन्धन संग ४७ सिट रहेको हुनाले प्रतिपक्षि दलहरु ४६ मात्र सिट भएकाले बहुमत नपुग्ने हुदा उपसभामुखले नै सभा संचालन गर्नुपर्ने बताए ।