विराटनगर, २ भाद्र ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको आन्तरिक स्रोत वृद्धि गर्न पर्यटनलाई आधार बनाउनुपर्ने बताएका छन् ।
शनिवार विराटनगरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाटाको ७ औं प्रदेश अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री उद्धव थापाले अत्यन्नै कठिन अवस्थामा प्रदेश सरकार चलेको हुनाले प्रदेशलाई आत्मनिर्भर बनाउने टुरिजम, हाइडो र पर्यटनको विकास गरेर निजी क्षेत्रको प्रर्वधन साथै जलविद्युतको विकासबाट कोशी प्रदेशमा आर्थिक समृद्धि ल्याउन सकिने बताए । उनले आर्थिक, राजनैतिक र कानुनी अधिकारका लागि प्रदेश सरकारले संघिय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य नभए सम्म संघियता कार्यान्वयन असम्भव रहेको बताए ।
मुख्यमन्त्री थापाले प्रदेश सरकार आर्थिक वातावरण बनाउन लागि परेको जानकारी दिदै निजी क्षेत्रको प्रर्वधनका लागि सहज कानुन निर्माण गरेर सहयोग गर्न सकिने बताए ।
नयाँ नेतृत्व चयन गर्ने सो अधिवेशनमा कोशी प्रदेशका टुर एण्ड ट्राभल एजेण्ट्सहरुको सहभागिता रहेको थियो ।