वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।उनीहरूले जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका थिए । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । ती डाक्टरले साउन ३१ बाट डिउटी छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
उक्त भत्ता ३ वर्षयता नबढेकोले मागको शान्तिपूर्ण आन्दोलन गर्दा सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।