कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने भएका छन् । थापाले भदौ ३ गते विश्वासको मत लिने भएका हुन् । 

३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् ।विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भईसकेको छ । 

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले उन्ले भदौ ३ गते विश्वासको मत लिने भएका हुन् । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन रहेको  छ ।

उनको विपक्षमा एमालेका ३९ उपसभामुख बाहेक र राप्रपाका ६ जना सांसद छन् ।