विराटनगर, ३२ साउन । 

 भारतको हैदरावादमा आयोजना गरिएको ७ औं दक्षिण एशियाली आईटिएफ तेक्वाण्दो प्रतियोगितामा विजयी खेलाडीहरुलाई विराटनगरमा विहिवार सम्मान गरिएको छ ।

 ३ दिन सम्म आयोजना भएको सो प्रतियोगितामा कोशी प्रदेशबाट १० जना खेलाडीहरुले सहभागिता जनाएकोमा ७ वटा स्वर्र्णा  ६ वटा रजत र ६ वटा कास्य पदक गरी १९ वटा पदक जित्न सफल भएका थिए । मोरङका कुसुम राजवंशीले २ वटा स्वर्र्णा सविना मगरले एउटा स्वर्र्णा एउटा रजत, सोम बहादुर राजवंशीले एउटा स्वर्र्णा एउटा रजत, केरिषा आचार्यले एउटा स्वर्र्णा दुई वटा रजत, नितेश खवासले दुई वटा कास्य पदक जितेका थिए । यसैगरी झापाका रोशन मगरले एक स्वर्र्णाएक कास्य र श्याम प्रसाद बास्कोटाले एउटा कास्य, भोजपुरका वीर बहादुर तामाङले एउटा कास्य पदक र सजिना तामाङले एक स्वर्र्णा दुई रजत तथा पाँचथरका आलोक र्राईले एक रजत पदक जित्न सफल भएका थिए ।

कोशी प्रदेश तेक्वाण्दो संघले आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले लगायतका अतिथीहरुले सम्मान पत्र प्रदान गरेका थिए ।