नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मोरङको जिल्ला कार्यसमितिको पहिलो साधारणसभा तथा प्रथम अधिवेशन साथै ७ दिने लेडिज फेसन डिजाइन तालिम समापन तथा सम्मान कार्यक्रम र व्यवसाय अभिमुखिकरण कार्यक्रम हिजो सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलबारीस्थित बेतना सिमसारको सभाहलमा सम्पन्न भएको हो । 

कार्यक्रममा विभिन्न ठाँउमा लामो समयदेखि सिलाईबुनाई गरेर सफल भएका व्यवसायीहरुलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानपनि गरेको थियो । ७ दिने लेडिज फेसन डिजाइन तालिम बेलबारी र पथरीमा संचालन भएको र तालिम फरक फरक ठाँउमा भएपनि समापन एकै ठाँउमा भएको हो । पहिलो साधारणसभा र प्रथम अधिवेशनपनि रहेकाले सँयुक्त रुपमा दुवै ठाँउको तालिमको समापन कार्यक्रम एकै ठाँउमा गरिएको हो । 

कार्यक्रमको आयोजना नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मोरङको जिल्ला कार्यसमितिले गरेको थियो भने कार्यक्रमको प्रायोजक बेलबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिका रहेको थियो । कार्यक्रमको प्रशिक्षण केन्द्रिय सदस्य सँगिता लामिछानेले गर्नुभएकोथियो । पथरी र बेलबारी दुवै ठाँउका सहभागिहरुलाई प्रमाणपत्रपनि वितरण गरिएको थियो । यस पहिलो साधारणसभाबाट नयाँ समिति गठन गरिएको छ । नयाँ कार्यसमिति भगत परियारको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति गठन गरिएको छ । यसैगरि सल्लाहकार समितिमा ३ जना रहेका छन् । 

jhdf

कार्यक्रमको प्रमुख अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा केन्द्रिय महासंघका उपाध्यक्ष फिरोज अलि, प्रशिक्षक तथा केन्द्रिय सदस्य सँगिता लामिछाने, कोशी प्रदेशका संयोजक हरी पोख्रेल र अतिथिहरुमा मोरङ जिल्ला अध्यक्ष भगत परियार , कोशी प्रदेश सदस्य गीता पाँचकोटी लगाएतको उपस्थिती रहेको थियो ।

WhatsApp Image 2023-08-16 at 20.39.05