कोशी प्रदेश सरकारले विद्युतीय चुलो प्रदेश सांसद र कर्मचारीलाई वितरण सुरु गरेको छ । ११ हजार रुपैयाँमा पाइने विद्युतीय चुलो १३ हजारमा खरिद गरिएको छ ।
प्रदेश सरकारले टेण्डर मार्फत ६१३ वटा विद्युतीय चुलो ९५ लाख ७४ हजार ३२५ रुपैयाँमा खरिद गरिएको चुलो सांसद र प्रदेश मातहतका कर्मचारीलाई वितरण गरिरहेको छ ।
कोशी प्रदेशसभाका सांसदका लागि ८८ वटा र कर्मचारीका लागि ३१ वटा चुलो प्रदेश सभा सचिवालयमा पठाइएको खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयले जनाएको छ । बिहीबारसम्म २१ जना सांसदले चुलो बुझेर लगेको प्रदेशसभाको सचिवालयले जनाएको छ । खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयले खरिद गरेको विद्युतिय चुलोमा इन्डक्सन र इन्फारेड गरी दुई सुविधा रहेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताउनुभयो ।