मोरङ सुन्दरहरैँचा नगरपालिका–४ कि नेपालकै होची महिलामालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र रहेको छ ।
विसं २०५६ भदौ १८ गते जन्मिएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिएकी छन् ।
उनको आर्थिक अवस्था पनि नाजुक रहेकोले उनलाई नगरपालिकाले मासिक चार हजार भत्ता दिँदै आएको छ।
उनको परिवारले दिगो खाल्को रोजगारी दिने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गरेका छन् ।