कोशी प्रदेशमा जनता समाजवादी पार्टी जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री नियुक्त भएकीछिन् ।शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले लिम्बूलाइ पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि थापाले काग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री नियुक्त गरेको थिए ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एकरएक जना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्।
पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएकी लिम्बू मुख्यमन्त्री थापाले आन्दोलनरत पक्षसँग वार्ता गर्ने आश्वासन दिएपछि मन्त्री बनेकी हुन् ।
यस अगाडिको सरकारमा पनि लिम्बू स्वास्थ्य मन्त्री थिइन् । पहिचानलो विषयलाइ लिएर गत जेठ १७ मा लिम्बूले पदबाट राजीनामा दिएकी थिइन् ।