कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले  प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताएका छन् । कोशी प्रदेशको नामप्रति देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्ने बताएका छन् । प्रदेश सभामा रहेका दलहरुबीच सहमति कायम गर्दै प्रदेशको नाममा उठेका प्रश्न लगायतका समस्याको मसाधान गर्ने मुख्यमन्त्री थापाको प्रतिवद्धता छ । साथै यसमा सहयोग गर्न सबै दल र आन्दोलनरत पक्षलाई समेत उनले आग्रह गरेका छन् ।