जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री उद्धव थापाले बताए ।उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।