विराटनगर–१४ स्थित एमएम प्लाष्टिक उद्योगमा  सर्किट सर्ट भएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको छ ।  

प्लाष्टिकका सामाग्री उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुइँ तलामा ‘युपिएस रूम’ रहेको थियो । उद्योगको पावर सप्लाई रुममा आगलागी भएपछि उद्योगको उत्पादन समेत रोकिएको छ । पावर सप्लाई मिलाउन अझै ४–५ दिनमा  लाग्नेछ ।

मोरङ प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकलले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।