बिराटनगर २२ साउन।
नेपाल सरकारको राष्ट्रिय अभियानअन्तर्गत सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलनकार्य मोरङ जिल्लाका सवै पालिकाहरुमा सम्पन्नभएको छ ।
यो अभियानमोरङ जिल्लामा २०७८ सालअसोज–६ गतेवाट शुरु भएको थियो । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र वनाउका लागि प्रत्येक व्यक्तिको जैविक तथा व्यैक्ति गतविवरण संकलनगर्दै आएको छ ।
घरदैलो अभियाानअन्तर्गत ६ लाख ३१ हजार तथा इलाका प्रसासन कार्यालय रंगेली र उर्लावारी तथाजिल्ला प्रसासन कार्यालयवाट १ लाख ४७ हजार ७ सय २३ विवरण संकल नगरिएको जनाएको छ ।
इलाका प्रसासनकार्यालय रंगेली र उर्लावारी साथैजिल्ला प्रसासन कार्यालय गरि तिन स्थानवाट अहिलेपनि परिचयपत्र वनाउन फोटो खिचाउनेर दर्तागर्ने कार्य भइरहेकाले अभियानमा छुटेकाहरुलाई कार्यालय खुलेको समयमा परिचयपत्र वनाउन सक्ने सो कार्यालयले जनाएको छ।
केन्द्रवाट वनेर आएका ९ सय वढि परिचयपत्र कार्डकार्यालयले सम्वन्धित व्येक्तीलाई वितरण गरिसकेको छ । परिचयपत्र वनेपछि सम्वन्धित व्येक्तीको मोवायलमा एसएमएस गरेर जानकारी गराइन्छ । राष्ट्रिय परिचयपत्र वनाउनअनिवार्य नेपालीनागरिक्ताआवश्यक हुन्छ ।अहिले राहधानी वनाउन परिचयपत्र आवश्यक हुन्छ । आगामीदिनमा नेपाल सरकारले प्रदानगर्ने १८ प्रकारका सेवा परिचयपत्रमा आवद्ध हुने भएकाले सवैलाई परिचयपत्र वनाउन आग्रह गरिएको छ।
जिल्ला प्रसासनकार्यालय मोरङले एक महानगरपालिका सहित १७ वटै पालिकाका सवै वर्डामा संकलन टोली परिचालनगरि विवरण संकलनकार्य सम्पन्न गरेकोहो ।अभियानअन्तर्गत मोरङ जिल्लामा ७लाख ७८ हजार ७ सय वढि विवरण संकलनभएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।