नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुकको भविष्य  विद्र्याथीको काधँमा रहेको वताउनुभएको छ । नेपाल विद्र्याथी संघ मोरङको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रमको सोमबार विराटनगरमा उद्घाटन गर्दै ,उहाले देशको भविष्य वनाउने विश्वास युवा विद्यार्थीमाथी भएकाले त्यो भरोसा र विश्वासलाई डगमगाउन दिन नहुने  वताउनुभयो ।

 राजनितिक स्थाइत्व कायम नभए सम्म मुलुकको विकास संभव नहुने भएकाले राजनितिक स्थाइत्वका लागी भ्रष्टाचार र दण्डहिनता अन्त्य हुनुपर्ने उहाको भनाई थियो ।  भ्रष्टाचार समाप्त नभएसम्म सुशासन कायम हुन नस्कने र संघियता वलीयो हुन नसक्ने भएकाले भ्रष्टाचार शून्यमा पु¥याउन राज्यको ध्यान जानु आवश्यक रहेको उहाले बताउनुभयो 

नेता कोइरालाले राजनितिक स्थाइत्व र  विकासका लागी नेपाली कांग्रेसले वडादेखी केन्द्रसम्म अभियान संचालन गर्न लागेको उल्लेख गर्नुभयो ।  प्रजातन्त्रको पुर्न स्थापना  पछिको केहीवर्ष मुलुकमा उल्लेखनिय रुपमा विकास निमार्णको काम भएपनी  त्यसपछि राजनितिक अस्थिरताका कारण मुलुकले सहि गती लिन नसकेकाले मुलुकमा राजनितिक स्थाइत्व आवश्यक रहेको उहाले बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापती भक्तीनाथ माझी, नेपाली कांग्रेस विराटनगर महानगर सभापती दिपक चापागाँई नेपाली कांग्रेस कोशी प्रदेसका कोषाध्यक्ष राजेस गुप्ता, नेवीसंघका पुर्व सह–महामन्त्री कृष्ण कार्की नेपाली कांग्रेस क्षेत्रयि सभापती विनोद वस्नेत, विद्र्याथी नेता गोपाल सेढाई नेपाल दलीत संघ मोरङका सभापती रामकुमार विश्वकर्मा तथा नेपाल तरुणदलका केन्द्रीय सदस्य विष्णु भुर्तेल लगायतले पार्टीले आफना भातृ संघसंगठनलाइ सुद्धिढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

 कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री वद्री पाण्डे तथा कांग्रेस नेता देवराज चालिसेले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम नेवीसंघ मोरङका सभापती सरोज पोखरेलको सभापतीत्वमा भएको थियो ।