विराटनगर, ११साउन । 

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगि व्यवसाहीहरुले वस्तु आयात गर्दा लेबल लगाउने सम्बन्धी सूचनाबारे स्पष्ट पार्न सरकारसंग आग्रह गरेका छन । 

बिहिवार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरि उद्योगी व्यवसायीहरुले सरकारले साउन १ गते देखि कार्यान्वयनमा ल्याएको  लेबल लगाउने सम्बन्धी सूचनाले व्यापार व्यवसाय संचालनमा अन्यौल ल्याएकोले यसको व्यवहारिक र सम्बन्धित पक्षबारे स्पष्ट पार्नुपर्ने बताएका छन् ।

सो पत्रकार सम्मेलनमा बोल्दै मोरङ व्यापार संघका अध्यक्षनविन रिजालले आयातित वस्तुमा लेबल लगाउने विषयमा सम्बन्धित निकायहरु नै स्पष्ट नभएको र अन्यौलमा परेको बताए ।

विहिवारनै मोरङ व्यापार संघ, वीरगंज उद्योग वाणिज्य संघ, सिद्र्धार्थ उद्योग वाणिज्य संघ र नेपालगंज उद्योग वाणिज्य संघले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलन मागर्दै उद्योगीव्यवसायीहरुले चालू पूँजीकर्जा मार्गदर्शनमा संसोधन गरी चालू पूँजीमा ४० प्रतिशत र्पुयाउन र बैंक व्याज दर एकल अंकमा झार्न आग्रह गरेका थिए ।उनिहरुले यो नियमले उद्योगिव्यवसायीहरु अन्योल र त्रासको वातावरण सृजनाभएको बताएका छन् ।