सांकेतिक भाषामा संचार, बहिरा नागरिकहरुको अधिकार भन्ने नारा सहित आयोजना गरिएको ३ महिने नेपाली सांकेतिक भाषाको दोभाषे तालिम विराटनगरमा शुक्रबार सम्पन्न भएको छ ।   
प्रत्येक पालिकामा बहिराहरुको संख्या बढिरहेको बेला दोभाषे तालिमले बहिरा नागरिकहरुलाई आफ्ना कुराहरु संचार गर्न सजिलो हुने भकाले कोशी प्रदेशका विभिन्न पालिकाका १८ जना प्रशिक्षार्थीहरुले दोभाषेको तालिम लिएका छन् । बहिरा नागरिकहरुलाई आफ्ना गतिविधिहरु संचालन गर्न कठिनाई भईरहेको अवस्थामा पालिकास्तरमा स्थापना गरिएको हेल्प डेस्कमा बस्नेहरुलाई दोभाषे तालिम दिइएको हो । 
दोभाषे तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मंत्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले प्रदेश सरकारले कोशी प्रदेशलाई अपांग मैत्री प्रदेश बनाउने लक्ष्य अनुसार १३७ वटै पालिकामा एक एक जना भएपनि दोभाषे उत्पादन गर्ने योजना रहेको बताइन । 
गत बैशाख ५ गते देखि संचालन भएको सो ३ महिने दोभाषे तालिम संचालन गर्न करिब २७ लाख रुपैया खर्च लागेको बताइएको छ । यो तालिम मात्र नभएर एड्भान्स तालिम पनि आवश्यक रहेको सहभागिहरुले बताएका छन् । 
प्रत्येक पालिकामा एक जना दोभाषे बनाउने योजना अनुसार राष्ट्रिय बहिरा महासंघ नेपाल कोशी प्रदेशको आयोजना गरेको हो ।