विराटनगर १ साउन ।
स्थानिय व्यापार प्रवद्धनका लागि आज देखि विराटनगर महानगरपालिकाले जोगवनी भन्सार नाकामा कढाइ गरेको छ ।
नेपालमा भन्दा भारतमा खाद्यन्न,लत्ताकपढा लगायतका सामानको मुल्य सस्तो पर्ने भएकाले स्थानियहरुले उतै बाट सामान ल्याउने गरेका थिए । व्यापारीहरुको गुनासो पछि महानगरले भान्सारमा कढाइ गर्न थालेको हो । स्थानियहरुलाई नेपालमा सामान किन्नु पर्ने उद्येश्यले सिमानाका कढाई गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ । तर स्थनियहरुले भने विरोध गरेका छन् । उनिहरुले नेपालको बजारमा सामान सस्तो हुने हो भने भारतिय बजार नजाने बताए । उनिहरुले सर्वसाधारणलाई कि नेपालमा सस्तो बनाउनु प¥यो होइन भने दुःख नदिन भनेका छन् ।
जोगबनी पुगेर कपडा वा जुत्ताचप्पल वा खाद्यन्न तथा खाद्यवस्तु बाहेकका सामान किनेर भन्सार बुझाएपछि ल्याउन सकिन्छ । तर, नियमानुसार भन्सानर अनिवार्य बुझाउनुपर्ने हुन्छ । तर, भन्सार बुझाउने भएपनि पशु क्वारेन्टाइन तथा खाद्य क्यारेन्टाइनको रिपोर्ट समेत संलग्न गराउनु पर्ने वस्तुहरु चिनी, चामल, चियापत्ती, कफी, दुध, जिरा, धनियाँ, बिस्कुट, भुजिया, दालमोट, तोरी तेल, काजु, किसमिस जस्ता सामान लिएर भन्सार कटाउँदा अनिवार्य थप कागजात समेत खोजिने गरेको छ ।
जुनसुकै सामान जोगबनी नाका तथा आसपासका नाकाहरुसमेत बाट आयात गर्दा अनिवार्य रुपमा भन्सार तिर्नुपर्नेछ ।