भाषा,साहित्य,कला र सस्कृतिका क्षेत्रमा योगदान पु¥याउने श्रष्टाहरुलार्इ नगदसहित कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले पुरस्कृत र सम्मान गरेको छ ।
आइतवार एक कार्यक्रमको आयोजना गरेर १९ जना श्रष्टालाई कोशीप्रदेशका विना विभागिय मन्त्री प्रदिपकुमार सुनुवारले नगद सहित सम्मान गरेका हुन् । २ जना श्रष्टालाई १ लाख, १२ जनालाई ५० हजार नगद र ५ जनालाई २५ हजार नगदर सम्मान पत्रसहित सम्मान गरिएको हो ।
कोशी प्रदेश सरकारले लामो समय देखि भाषा,साहित्यकला र सस्ंकृतिका क्षेत्रमा योगदान पु¥याउदै आएका श्रष्टाहरुलाई बर्षेनी पुरस्कृत र सम्मान गर्दै आएको छ ।मन्त्री सुनुवारले कोशी प्रदेशको यो प्रचलनलाई निरन्तर दिदै विभिन्न विधामा योगदान पुर्याउने श्रष्टाहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै बधाइ दिएका थिए ।उनले श्रष्टाहरुको आगामी दिनमा पनि निरन्तरता योगदान रहने बताए ।
सो सम्मान कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु सरकारी निकायका प्रतिनिधीहरु,विभिन्न संघसस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।