केही दिनदेखी आएको वर्षाकाकारण विराटनगर भएर वग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी वस्तीमा पस्दा दर्जनौ घर डुवानमा परेका छन् ।
लगातार बर्षा हुदा सिंघिया खोला किनारामा रहेका विराटनगर वडा नंम्बर १,२ र ८ का सुकुम्बासीहरुको घरमा पानी पसेर डुवान भएको थियो । केहीदिन अघिको बाढीका कारण ४ घरपविार डुवानमा परेर उद्धार गरीएको जिल्लाप्रहरी कार्यलय मोरङले जनाएको छ । तर अहिले बर्षा भएपनि पानीको लेवल बढेको र डुवान भने खासै नभएको मोरङ प्रहरीले जनाएको छ ।
सिंघिया खोलाकिनारमा घर बनाएर वसेका सुकुम्बासीहरु भने घर सामान ओसारेर अन्यन्त्रै डेरा सर्न थालेका छन् । सिघिया खोलाका कारण करिव १ सय परिवार डुवानमा परेका छन् । केही परिवारले आप्mनै डेरा गरेर सरेका छन् भने केही परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । बर्षमा २ महिना पानी डुवान हुने भएकाले अन्यन्त्रै डेरा सरेको डुवानमा परेका स्थानिय मनोजकुमार महतोले बताए ।
विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरुमा पनि पानी पसेर जलमग्न भएका छन । दिउसोदेखि पानी रोकीएका कारण खासै उद्धार गर्नु नपरेको र उद्धारको लागि तयार रहेको जिल्लाप्रह्री कार्यलयले जनाएको छ ।
मोरङका कटहरि र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको र अन्य पालिकाहरुमा पनि सामान्य डुवान भएका कारण मानविय क्षति भने नभएको मोरङ प्रहरीले जनाएको छ ।