विराटनगरको व्यापार प्रवद्र्धनकालागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् ।
मंगलबार विराटनगर महानगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने भएकाले कढाई गर्नु पर्ने बताएका छन् ।
भन्ंसार कढाई गर्नका लागिसबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलले साउन १ गतेदेखि भन्सार नतिरी भित्रिने खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य वस्तुको आयातलाई निरुत्साहित गरिने भएको छ । यसअघि एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट दिइने गरिएको थियो । तर, एक सय रुपैयाँको छुटको नियमलाई गलत प्रयोग गरी एउटै व्यक्तिले हरेक दिन पटक–पटक सामान आयातगर्दा राज्यको राजस्व गुम्नुकासाथै स्थानीय व्यापारसमेत प्रभावित भएको बैठकले निष्कर्ष निकालेको छ ।
अबदेखि जुनसुकै सामान जोगबनीनाका तथा आसपासका नाकाहरुसमेतबाट आयातगर्दा अनिवार्य रुपमा भन्सार तिर्नुपर्नेछ । त्यसैगरी स्थानीय व्यापारीहरुले पनि अवैध रुपमा आयात भएका सामान खरिद र बिक्री गर्न नदिनका लागि कडाइका साथ बजार अनुगमन गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताउनुभयो । सरोकारवाला सबैको सहभागितामा चाँडै नै बजार अनुगमन सुरु गरिनेछ ।
त्यस्तै अवैध सामान खरिद बिक्री नगर्न आग्रह गर्दै विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, परिसंघ, उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघले सार्वजनिक रुपमा संयुक्तअपिल गर्ने निर्णयसमेत भएको महानगरका प्रमुखप्रशासकीयअधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
व्यापारीहरुको गुनासो सम्बोधन गर्नकालागि महानगरले सरोकारवालाहरुको बैठक राखेर स्थानीय बजारको प्रवद्र्धनकालागि महत्वपूर्ण निर्णय गरेको मेयर कोइरालाले बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै मिलेर भन्सारमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउन प्रशासनका तर्फबाट सहयो गर्न तयार रहेको प्रजिअ यादवले प्रतिबद्धता जनाउनुभयो । मोरङ प्रहरी प्रमुखएसपीदीपकपोखरेलले सबैभन्दापहिला स्वदेशीबजारमा सामानखरिद गर्नका लागि नेपालीउपभोक्ताको सोचमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । त्यस्तै सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापाले जोगबनी र विराटनगरको सामानको मूल्यमा धेरै अन्तर गर्न नहुनेमा जोड दिनुभयो । सो कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी ,सुरक्षा प्रमुखहरु,उद्योगी व्यावसायीहरु संघसस्थाका प्रतितिधिहरु र महनगरका शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो ।