पत्रकार सुरक्षा ,हकहित,जबादेहिता र ब्यवसायिकताको विषयमा सरोकारवालाहरुसंग छलफल कार्यक्रम भएको छ ।
मंगलवार विराटनगरमा युरोपियन युनियनसंघको ईन्टरनेशनल अलट नेपाल लोकतन्त्र सुदृढिकरण परियोजनाले संचार जगतको सुदसण गर्ने विषयमा के कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ र सहयोग गर्न सकिन्छ भन्ने विषयमा विभन्न संघ सस्था र संचारकर्मीहरुसंग छलफल गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङको सहकार्य र फ्री मिडिया नेटवर्कको आयोजनामा गरिएको सो कार्यक्रममा पत्रकारले पत्रकारिता गर्दा आफू सुरक्षित भएर कसरी पत्रकारिता गर्ने समाजलाई कस्तो समाचार दिने र आचारसंहितालाई ध्यानमा राखेर कसरी सत्यतथ्य समाचार सम्प्रेषण गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
समाजलाई समाचारको माध्यमबाट जानकार गराउने संचारकर्मीहरुले सत्य र तथ्यमा रहेर समाचार सम्प्रषण गर्नु पर्ने सहभागिहरुले बताएका छन् । यस परियोजनाले पत्रकारको हकहितको लागिका माग गर्दै आएकोले आगमी २०२६ सम्म संचालनमा रहने जनाएको छ । आउने दिनमा प्राविधिमा फड्को मारेसंगैं पत्रकारहरुलाई अगाडी बढ्न साथै भौतिक सुरक्षा संगै आर्थिक र ब्यवसायिक प्रत्याभूति गराउदै सहयोग गर्ने बताएको छ । युरोलियन युनियन ईन्टरनेशनल अलट नेपाल परियोजनाको प्रोग्राम मेनेजर नितेश चापागाईंले आगामी दिनमा संचारकर्मीहरुको आवश्यक्ता अनुसारको नै कार्यक्रमहरु संचालन गर्न सकिने बताए। उनले नेपाल पत्रकार महासंघको जिल्ला शाखाहरुसंग समन्वय गरेर अहिले ७ वटै प्रदेशमा कार्यक्रम संचालन गरि रहेको जानकारी दिए ।
सो कार्यक्रममा विभिन्न संघ सस्था, प्रशासनप्रमुख सुरक्षाप्रमुख साथै संचारकर्मीहरुको सहभागिता रहेको थियो ।