बिराटनगर २१ असार
नेकपा एमाले र राप्रपा कोशी प्रदेशले प्रतिपक्षी गठबन्धन दलहरुले ल्याएको सख्यामा मुख्य मन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज क्तथ्य, प्रमाण र विश्लेषणको आधारमा सभामुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्य भूमिकामा रहने हुदाँ कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनी संविधानको धारा १६८ ९२० बमोजिमको सरकार गठनका लागि दावी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।
उनिहरुले अहिले कोशी प्रदेश सभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होईन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानुन, संसदीय मुल्य मान्यता राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्धान्त एवम अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरीमामा समेत गम्भीर ख्याल गर्नु पर्ने सो पत्रमा उल्लेख गरिएको छ ।कोशी प्रदेशमा नयाँ मुख्य मन्त्रीको दावी गर्न आज जाने तयारी रहेको बताएका छन्।