झापा, असार १९ । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्नाग्राहककालागि  पेट्रोल निःशुल्क  उपलब्ध गराउन शुरु गरेको छ ।

मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालकचानमहमदले  जानकारी दिए । बाह्रदशीगाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामानखरिदकालागिआउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्थालागू गरेको हो । टाढाबाट आउने ग्राहकलाई तीनहजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामानखरिदमा एक लिटर पेट्रोल निःशुल्कउपलब्ध गराउन शुरु गरेको हो ।  

ग्रामीण क्षेत्रमा रहेर एउटै छानामुनि सबै प्रकारका सामग्रीउपलब्ध गराउदै आएको हाइपर मार्केटले सुलभ र गुणस्तरीय सामग्रीउपलब्ध गराउँदै आएको छ । औषधिबाहेकका सबै सामग्री एकै ठाउँमा उपलब्धहुने  भएपछि ‘एभरेष्ट हाइपर मार्केट’ सबैको रोजाइमा पर्ने गरेको छ ।

यस अघि ‘सस्तो बजार’ का नामबाट दक्षिणी क्षेत्रका सर्ब साधारणलाई सरल र सुलभ मूल्यमा गुणस्तरीय सामग्रीउपलब्ध गराउँदै आएको हाइपर मार्केटले हरेक सामग्रीखरिमाविशेष अफरको आयोजनागर्दै आएको छ । घरमाप्रयोग गरिने खाद्यन्यदेखि लत्ताकपडासम्मका सामग्रीको खरिदमाविशेष छुट उपलब्ध गराएर जिल्लामै सस्तो सामग्रीविक्री केन्द्रका रुपमाचिनिएको हाइपर मार्केटले छोटो समयमाग्राहकको मन जितेको मार्केट सञ्चालकमहमदको दाबी छ ।

मार्केट स्थापनाको चार वर्ष प्रवेशसंगै ग्राहकको सुविधालाई मध्यनजर गर्दै पेट्रोल फ्रिगरिएको सञ्चालकमहमदको भनाई छ । मार्केटले उपलब्ध गराउदै आएको सेवालाई ग्राहकले औधि मन पराएको र उनीहरुकालागि समेत मार्केटका तर्फबाट उपहार स्वरुप एक लिटर पेट्रोल दिने अभियान सञ्चालन गरेकाहौं – उनले भने ।

त्यसो त रहेक सामग्रीखरिदमाकुनै न कुनै छुट सुविधामार्केटले उपलब्ध गराएकै हुन्छ उनले भने – यस पटक नयाँ सोधका साथहामीले हाम्राग्राहकलाई इन्धनउपलब्ध गराउने निर्णय गरेकाहौ । अब सामग्रीखरिदकालागिआउने जो कोहीले पनि  पेट्रोल निःशुल्कपाउनु हुन्छ महमदले भने ।

बजार मूल्यभन्दा सस्तोमाहामीले सामग्रीउपलब्ध गराएपनि टाढा टाढाका ग्राहकलाई दूरीकाकारण यहाँआउनअसहजभएको गुनासो आएसंगै मार्केटले तत्कालनयाँपोलिसील्याएर इन्धनउपलब्ध गराउने निर्णय गरेको बताइएको छ । मार्केटले निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेसंगै अहिले हाइपर मार्केट हेर्ने र सामग्रीखरिद गर्नेको भीड लागेको छ ।

कचनकवलनिवासी राईलाई स्कूटर उपहार

‘एभरेष्ट हाइपर मार्केट’ले कचनकवलनिवासी सुनिता राईलाई उपहार स्वरुप एक थान स्कूटर प्रदान गरेको छ । मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा सहभागीबनेकी राईलाई उपहारमा स्कूटर परेपछि हिरो होण्डा ब्राण्डको एक थान स्कूटर प्रदानगरिएको हो । उपहारमापाएको स्कूटर र स्कूटरको चावीगाउँपालिकाकीउपाध्यक्षशान्ताशिवाकोटी खरेलले हस्तान्तरण गरेकीथिइन् ।

हाइपर मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममादशहजार बढी सहभागीथिए । सो मध्ये भाग्यशालीविजेताका रुपमा यो वर्ष राईलाई स्कूटर उपहार परेको हो । हरेक वर्ष मार्केटले एक÷एकजनाग्राहकलाई स्कूटर प्रदानगर्दै आएको छ । यो वर्षपनि सोहीकार्यक्रमलाई निरन्तरतादिँदै ‘लक्की ड्र’मा सहभागीग्राहकलाई स्कूटर प्रदान गरेको हो ।

‘भारत जाने बाध्यता हड्यो’

एउटै छानामुनि सरल र सुलभ मूल्यमा सबै प्रकारका सामग्री  पाउनथालेपछि दक्षिण क्षेत्रका स्थानीयभारतीयवजार धाउन छाडेका छन् । भारतीयबजार दिघलबैंक केन्द्रीतहुने दक्षिणी झापाका सर्बसाधारणको रोजाई अहिले एभरेष्ट हाइपर मार्केट बनेको छ । हाइपर मार्केटमा हरेक सामग्री गुणस्तरीय र सुलभ मूल्यमापाउनथालेपछि आफूहरु किनमेलकालागिभारत जान छाडेको हल्दिवारी गाउँपालिका १  निवासी  सृजनाधिमालले बताइन् । एभरेष्ट हाइपर मार्केट सञ्चालनमाआएसंगै शुरुमा हेर्नकालागिआएकाथियौं – त्यो बेलायहाँको सेवा राम्रो लाग्यो र अहिलेसम्म  रहेक सामग्रीखरिदकालागियहीआउने गरेका छौं । यस अघि भारतकाविभिन्नवजार दिघलबैंकदेखि पानीट्याङ्की र नक्सलवाडीसम्म जाने गरेको उनको भनाई छ । भारतमा जस्तै सुलभ मूल्यमायही सामग्रीपाउनथालेपछि हामीभारतीयवजार जान छाडेकाहौं धिमालले भनिन– यो मार्केटमा हरेक  सामग्रीखरिद गर्दा पैसा र समय दुबै बचत भएकाले हामीलाई यो बजार सहजलागेको हो ।

उनी जस्तै सोही ठाउँ निवासी  नविनाउप्रेतीले यो मार्केटमा  रहेक सामग्री राम्रो र सस्तोमापाउनथालेसंगै अन्यत्रजान छाडेको बताइन् । उनले भनिन्– यस अघि सामनखरिदकालागिबिर्तामोडसहित भारतीयवजार जाँदै आएपनिअहिले यो मार्केट नै आफ्नो पहिलो रोजाई बनेको छ ।

यताबाह्रदशीगाउँपालिका २ निवासीशिक्षा सेवीनारायण ढकालले आफ्नो मात्रनभई हाइपर मार्केट गाउँपालिकाबासीकै गौरव रहेको बताए । उनले भने – हरेक सामग्री ‘मार्केट प्राइज’भन्दा सस्तो छ , यहाँ न ठगिने डर छ न त गुणस्तरमाकुनै चिन्ता छ । यो मार्केट सञ्चालनमा आएपछि हरेक सामग्रीखरिदकालागिअन्यत्रजानु परेको छैन ।

राजगढ बजारमा यो मार्केट सञ्चालनमाआएसंगै बाह्रदशीवासीमात्रहोइन छिमेकी पालिकाबाट सामग्रीखरिद गर्न आउनथालेसंगै राजगढमा व्यापारिक चहलपहल समेत बढेको उनको भनाई छ ।

क्यास ब्याककार्डसार्बजनिक

‘एभरेष्ट हाइपर मार्केट’ले आफ्नाग्राहककालागिक्यास ब्याकलोयल्टी कार्ड अफरका रुपमा सार्बजनिक गरेको छ । हाइपर मार्केटमा आएकाग्राहकहरुले हरेक सामानखरिद गर्दा  कार्डमार्फत प्रदानगरिएको नम्वर उपलब्ध गराएसंगै आफ्नो खातामाक्यास (नगद) फिर्ता हुने योजनाल्याएकोहो । यो योजनाल्याएसंगै ग्राहकलाई कार्ड उपलब्ध गराउन शुरु गरिएको मार्केटका सञ्चालकमहमदले जानकारी दिए । कुनै पनि बस्तु तथा सेवाको उपभोग वाखरिदको बदलामाकार्ड प्रयोग गरेको खण्डमा दुई प्रतिशत रकमफिर्ता हुने योजनाल्याइएको हो – महमदले भने ।  

मर्केटले यो योजना सार्बजनिक गरेसंगै राष्ट्रिय स्वतन्त्र पार्टीकाजिल्ला सचिवप्रकाश पाठकले खुशीव्यक्तगर्दै सामाजिक सञ्जालमा लेखेका छन्– अन्तराष्ट्रिय व्यावसायिक योजना स्वरुपआफ्नै गाउँ घरमाप्राप्तगर्दा पनि ठूलै सौभाग्यमिल्दो रहेछ । युवाव्यवसायीचानमहमदलाई उद्यमशीलता र लगनशीलताले शिखर चुमोस् । पाठकले  आफूले समेत क्यास व्याक कार्ड बनाएको भन्दै तस्बीर समेत सार्वजनिक गरेकाहुन् ।