विराटनगर १५ असार ।

 असार १५ अथवा २० औं राष्ट्रिय धान दिवस विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ ।  

 शुक्रबार राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । 

    पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । सो धान रोपाईमा सहभागि विराटनगरमहानगर पालिकाका मेयर नागेश कोइरालाले नेपाल कृषि प्रदान देश भनिएता पनि किसानले सहज रुपमा मल, सिंचाइ र बिउ नपाउने र खाद्यन्न वाहिरी देश बाट आयात गर्नु पर्ने बाध्यता रहेको बताए । उनले कृषिलाई यान्त्रीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा सवै स्थानिय तहहरु लागिनु पर्ने बताए । उनले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरणतर्फ लैजानुपर्ने धारणा राखेका थिए । 

   रोपाइँ कार्यक्रममा स्थानियहरु ,मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडा सदस्यहरु विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । धानरोपाइको अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरेका थिए ।