विराटनगर १५ असार    
  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिंजो असार १४ गते प्रदेशसभाको बैठकको जवाफ सुरु भएको छ  ।
प्रदेशसभाले भने हिंजै यो विषयको छिनोफानो गर्ने तयारी गरेको थियो । तर, विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री कार्की राती साढे ९ बजेसम्म पनि नफर्किएपछि बैठक स्थगित गरिएको थियो ।  
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन । यो सरकारलाई एक मत आवश्यक्ता रहेको छ तर एक मत भएको जसपाले यस अघिनै सरकार संगको सहकार्य तोडेको छ । प्रदेशको विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै छ । ४६ मध्ये एक सिट रहेको जसपाले हिजो विज्ञाप्ति निकालेर विश्वासको मत विभाजन हुँदा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

कोशी प्रदेशमा विपक्षी गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४६ प्रदेशसभा सदस्य छन । सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएकाले निर्णायक अवस्थामा उनले गठबन्धनलाई मत दिन सक्ने सम्भावना छ  । तर सरकार गठन प्रक्रियामा उनलाई जोड्न मिल्ने वा नमिल्ने भन्नेमा बहस जारी छ । बैठकमा जसपाकी निर्मला लिम्बू भने अनुपस्थित भएकीछिन्।