विराटनगर, १३ असार । 

बुधवार देखि विराटनगर  प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता शुरु भएको छ ।

 विराटनगर स्थित शहिद मैदानमा प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भईरहेको सो सफ्ट टेनिस प्रतियोगिताको एक कार्यक्रम बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । 

 तीन वटा विभागिय टोली र ५ वटा प्रदेशले भाग लिएको सो प्रतियोगितामा पुरुष र महिला सिंगल, पुरुष र महिला डबल र मिस डबल इभेण्टमा प्रतिस्पर्धा गराइने बताइएको छ । असार १६ गते सम्म संचालन हुने सो प्रतियोगितामा करिब ८० जना खेलाडीहरुले भाग लिईने छन् । सो प्रतियोगिताको बिजेताले ३५ हजार र ३० हजार तथा उपविजेताले २५ हजार र २० हजार नगद सहित पदक पाउने छन् ।