कोशी प्रदेश तेश्रो अधिवेशनर विराटनगर

विराटनगर, ११ असार । कोशी  प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङ्ले संविधानको धारा १८३ को उपधारा १ बमोजिम असार १४ गते बिहिवार दिनको १ बजे प्रदेश सभाको तेश्रो अधिवेशन आव्हान गरेका छन् ।   

कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत लिने प्रयोजनका लागि सो  अधिवेशन बोलाएको हो । 

सत्ता साझेदार दलहरु जनता समाजवादी पार्टी नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको र्समर्थन फिर्ता लिएपछि मुख्यमंत्री हिक्मत कुमार कार्कीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भएको हो ।  

मुख्य मन्त्री कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेपछि चालू बजेट अधिवेशन अन्त्य गरी अध्यादेश मार्फ बजेट ल्याएको थियो । बजेट बारे अहिले सम्म प्रदेश सभामा छलफल समेत शुरु भएको छैन । 

९३ सदस्यीय कोशी प्रदेश सभामा सत्तारुढ दलहरु नेकपा एमालेको ४०, राप्रपाको ६ गरी ४६ सांसद तथा विपक्षी गठबन्धन तर्फनेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रको १२, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी को एक गरी ४६ जना सांसद नै रहेका छन् । बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक पर्दछ ।  अन्य दलले समर्थन फिर्ता लिए पनि राप्रपाले भने कार्कीको सरकारलाई सहम दिएको छ ।