विराटनगर बजेट÷ विराटनगर

विराटनगर, १० असार ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि ३ अरब २८ करोड ५० लाख रुपैया बराबरको बजेट सर्वजनिक गरेको छ ।

 पूर्वाधार, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्द असार १० गतेआइतवार विराटनगर महानगरपालिकामा आयोजित नगर सभाको बाह्रौं अधिवेशनलाई सम्बोधन गदै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्कीले चालू आर्थिक वर्ष भन्दा करिब ३४ करोड न्यून बजेट सार्वजनिक गरेकी हुन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० मा ३ अरब ६२ करोड ५५ लाख ६७हजार रुपैयाको बजेट ल्याएको थियो ।

विराटनगर महानगरपालिकाले पूर्वाधार विकास क्षेत्र तर्फ १ अरब ६५ करोड ५५ लाख, आर्थिक विकास तर्पm ३ करोड ९६ लाख, सामाजिक विकास तर्फ ८५ करोड २० लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ३ करोड ५ लाख र वातावरण तथा विपद व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैया विनियोजन गरेको छ । यसैगरी कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ६८ करोड रुपैया छुट्याएको छ । 

हामी सबैको रहर, शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने सोच कार्यान्वयन गर्न विराटनगर महानगरपालिकाले तीनवर्षे कार्यनीतिक योजनापनि अघि सारेको छ ।

स्थानियपालिकाहरुले असार १० गते सम्म बजेट ल्याउनु पर्ने प्रावधानअनुसारनै महानगरले बजेट ल्याएको हो । एउटा महानगर सहितमोरङका १७ वटै पालिकाहरुले बजेट ल्याएका छन् ।