मोरङको बुढीगंगा गाँउपालिकाले आगामी आर्थिक वर्ष ०८० ÷०८१ का लागि ६४ करोड ३७लाख १ हजार ५ सय रुपैया बराबरको बजेट ल्याएको छ ।

कृषि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर शनिवार बुढीगंगा गाँउपालिकाले एक कार्यक्रम आयोजना गरेर आगामी आर्थिक बर्षको बजेट ल्याएको हो । सो गाँउसभाको बाह्रौ अधिवेशनमा उपाध्यक्ष अमृताकुमारी गच्छेदार अनुपस्थित भएपछि वरिष्ठ वडाध्यक्ष पंकज चौधरीले बजेट प्रस्तुत गरेका थिए। 

बजेटमा आन्तरिक आय तर्फ८ करोड ८६ लाख रुपैया र संघिय तथा प्रदेश सरकारबाट प्राप्त  हुने अनुदानबाट ५५ करोड ५० लाख संकलन गरिने बताइएको छ ।  

गाँउ सभाको बैठक अघि गाँउपालिकाका अध्यक्षजीत नारायण थापामगरले पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

सो कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।सो कार्यक्रममा गाँउपालिकाका जनप्रतिनीधिहरु,कर्मचारीहरु र स्थानियहरुको सहभागिता रहेको थियो । १७ पालिका रहेको मोरङमा कटहरी गाँउपालिका,लेटाङ गाँउपालिका र बुढीगंगा गाउपालिकाले बजेट ल्याइसकेका छन् भने विराटनगर महानगरपालिका र बाकी गाँउपालिकाहरुले भोली असार १० गते बजेट ल्याउने जानकारी दिएका छन् ।