कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले शिक्षा क्षेत्रलाई राजनीति करणबाट जोगाउन सबै सरोकारवालाहरु लाग्नुपर्ने बताएका छन् ।
शनिवार विराटनगरमा आयोजना गरिएको नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयको शिक्षा कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख परशुराम खापुङल ेशिक्षामा अति राजनीतिकरण भएका कारण शैक्षिक गुणस्तर खस्किदै गएको र विद्यार्थीहरु पलायनहुनुपरेको बताए ।
प्रमुख खापुङ्ल ेयुवा जनशक्ति कामको खोजिमा विदेशिने र विद्यार्थीहरु पढ्नकालागि विदेशिनु चिन्ताको विषयभएको बताउदै शिक्षक र प्राध्यापकहरुले पेशागत मर्यादा कायम राख्नुपर्ने धारणा राखे ।
प्र. डा. बालचन्द्र लुईटेलल ेसमयानुकुल शिक्षानीति, पद्धति र पाठ्यक्रम परिवर्तन गर्न नसक्दा शिक्षाको गुणस्तर खस्किएको बताए ।उनले ज्ञान, शिल र एकता भन्ने नारासहित प्राज्ञिक विद्यार्थी परिषदले आयोजना गरेको सो कार्यक्रममा समग्र शिक्षाको अवस्था, चुनौती र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागिहरुले शिक्षाको गुणस्तर सुधार गर्न राज्यले छिटो शिक्षा ऐन ल्याउनुपर्ने र कार्यतालिकाअनुसार परिक्षालिने पद्धति विकास गर्नुपर्ने धारणा राखेका थिए । सो कार्यक्रममा सरोकारवालाहरु, विभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।