कोशी प्रदेशका मुख्यमंत्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पूँजीको विकास गर्न नसकिएसम्म समृद्धि सम्भव नभएको बताएका छन् । शुक्रबार विराटनगरमा मुख्यमंत्री तथा मंत्रीपरिषद कार्यालय र प्रदेश योजनाआयोगले आयोजना गरेको प्रदेश समृद्धिका नविन आधार सम्बन्धी कार्यशाला गोष्ठीको सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघियता कार्यान्वयनमा केन्द्र सरकारले चासो नदिएको र धेरै साझा सूचीमा रहेका अधिकारहरु प्रदेशले नपाउदा योजना छनौट र कार्यान्वयनमा समस्या देखिएको बताए।
सो कार्यक्रममा कोशीप्रदेशको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र जलश्रोतलाई आधार बनाउनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् ।सहभागिहरुले कोशीप्रदेश आर्थिक रुपमा समृद्ध भएपनि योजना छनौट र कार्यक्रम कार्यान्वयनमा चुकेको धारणा राखे ।
सो कार्यक्रममा प्रा.डा.शिव अधिकारीले कोशी प्रदेशका आर्थिक सम्भावनाका क्षेत्रहरु, कृषि उत्पादनको स्थिति, प्रदेश सरकारले अवलम्बन गर्नुपर्ने नीतिहरु बारे जानकारी गराएका थिए ।
सो कार्यक्रममा कोशी प्रदेशका मन्ंत्रीहरु, सभामुख, उपसभामुख, प्रदेश सांसद, विभिन्न मंत्रालयका सचिवहरु तथा उद्योगीव्यवसायी र दातृ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।