मोरङको कटहरी गाँउपालिकाले आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ ।
बिहिवार कटहरी गाँउपालिकाले एक कार्यक्रम आयोजना गरेर गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बजेट प्रस्तुत गरेकी हुन । बजेटमा प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार र कार्यक्रम तथा योजना खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनियोजन गरिएको छ । कटहरी गाँउपालिकाले तुलसी खेती गर्ने कृषकहरुलाई प्रति कट्ठा ३ हजार रुपैया अनुदान दिने नीति पनि ल्याएको छ ।
बजेट प्रस्तुत गर्नु अघि गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०८०÷८१ को नीतितथाकार्यक्रम प्रस्तुतगरेका थिए । आगमी बर्षमा गाँउपालिकाका वेरोजगार युवालाई रोजगारमुलक तालिम पछि व्यवसाय वनाउने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । सो कार्यक्रममा योजना शाखा प्रमुख शम्भु सापकोटालाई उत्कृष्ट कर्मचारीका रुपमानगद ५१ हजार रुपैया सहित सम्मानित गरिएको थियो ।सो कार्यक्रममा गाउपालिका जनप्रतिनिधीहर कर्मचारीहरुको उपस्थिती रहेको थिायो ।
