कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवासम्बन्धी बहस पैरवी’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले स्वास्थ्य संस्थाबाट आम नागरिकले जुन रुपले सेवा सुविधान पाउने हो त्यो रुपमा पाउन सकेका छैनन् भन्नुभयो ।
उहाँले स्वास्थ्य केन्द्रमा आवश्यकताा अनुसारको दरबन्दी नहुनु र भएका दरबन्दीमा चिकित्सक जान नमान्ने आफैमा विडम्बना हो भन्दै सरकारले यस्ता कुरालाई सुधार गरेर छाड्ने बताउनुभयो । कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटाले सञ्चारकर्मीको सूचना र समाचारबाट आम नागरिक सुसूचित हुने भएकाले समाचारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रको कमी कमजोरी औँल्याउने सञ्चारकर्मीको मेहनत र प्रयासबाट नै धेरै रोग नियन्त्रण गर्न सरकारलाई सफलता मिलेको चर्चा गर्नुभयो ।
स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारले सञ्चालन गरेको विभिन्न अभियान एवं कार्यक्रमलाई आम नागरिकको तहमा पु¥याउन सञ्चारकर्मीको भूमिका अग्रणी छ भन्नुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेदर अली, संवाद समूह कोशी प्रदेशको तर्फबाट सुमन सुस्केरा र उद्धव भेटवालले आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मी र स्वास्थ्यकर्मीको बीचको सम्बन्धम बारेमा चर्चा गर्नुभएको थियो ।