कोशीप्रदेश सरकारले जेठ ३१ गते प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको छ ।
मंगलबार विराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले जेठ ३१ गते दिनको १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिने र प्रदेश प्रमुख परशुराम खापुङबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रदेश सरकारका प्रवक्ता एवम् उद्योग, कृषि तथा सहकारी मंत्रीभक्ति प्रसाद सिटौलाले जानकारी दिए।
हिक्मतकुमार कार्की नेतृत्वको कोशीप्रदेश सरकार अल्पमतमा परिसकेको अवस्थामा बजेट कसरी आउछ भन्ने अझै अन्यौल रहेको बेला संविधानअनुसार अषाढ १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने प्रावधान रहेकोमा बजेट आउनु दुई दिन अघि कोशीप्रदेश सरकारले नीतितथाकार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीतितथाकार्यक्रमपारित भएपछि बजेट ल्याउने संवैधानिक र कानुनीव्यवस्था रहेको छ ।
सरकारका प्रवक्ता एवम् उद्योग, कृषि तथा सहकारी मंत्री भक्ति प्रसाद सिटौलाले विश्वासको मत लिई नसकेको अवस्थामा अहिले नै अल्पमतको सरकार भन्न नमिल्ने बताए। उनले सरकारले संवैधानिक र कानुनी बाटो अवलम्बन गरेर बजेट ल्याउने जानकारी दिए।
बहुमतकालागि ४७ जना सांसद आवश्यक पर्दछ । मत बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिने भएकाले नीति तथा कार्यक्रम पारित हुने नहुने सभामुखको मतमा निर्भर हुनेछ ।९३ सदस्यीय कोशीप्रदेशमा सत्तापक्षमा ४६ जना र विपक्षी गठबन्धनमा पनि ४६ जना सांसदहरु रहेका छन् ।