नेपाल सरकारले दुग्ध विकास वोर्ड खारेजी गर्ने निर्णय फिर्ता लिनु पर्ने माग गर्दै पुर्वका दुग्ध किसानहरुले विरोध जनाएका छन् । 

कोशी प्रदेशका पाहाडी जिल्लाका दुग्ध उत्पादक संघहरुले सरकारल ेदुग्ध विकास वोर्ड खारेजी गर्ने निर्णय गरेकाल ेकिसान मारमा पर्ने भन्दै यो निर्णय तुरुन्त फिर्ता लिन मागसमेत गरेका छन् । किसानहरुले एन डिडि विएन खारेज गर्ने निर्णय फिर्ता गर , किसानलाई राहत दे , दुग्ध विकास वोर्ड किसानको हो यसको पुर्नवाली गर जस्ता प्लेकार्ड वोकेर विरोध गरेका थिए । 

उनिहरुले सरकारले किसानको हकहितमाथि अन्याय गरेको र दग्ुध उत्पादन क्षेत्र धारासाही बन्ने गुनासोे गरेका छन् । डिडिसि डेरी सेक्टरको प्रतिनिधीत्व गर्ने संस्था भएकाले यसको खारेजी गर्न नहुने माग राखेर विरोध गरेका छन् । 

उनिहरुले देशव्यापि रुपमा विरोध गर्ने बताउदै किसानको हित गर्ने संस्थान भएकाले किसान आफैले संचालन गर्ने बताएका छन् । 

वुद्धिमान खुलाल तेर्हथुम दुग्दउत्पादन जिल्ला सहकारी संघका अध्यक्ष

हेम प्रसाद कट्टेल जिल्ला दुग्द सहकारी संघ इलामका अध्यक्ष ।