विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेबताउनु भएको छ् ।
विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुलउलूम आधारभूतविद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधनगर्दै मेयर कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिकशिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो । सीपमूलकशिक्षाप्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहज रुपमा रोजगारी पाउने उहाँको भनाइ छ । मेयर कोइरालाले अझै पनि नेपालको शिक्षा सैद्धान्तिकभन्दा माथि उठ्न नसकेको बताए । उनले एउटा हातमा डिग्रीको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भएमाविश्वको जुनसुकै मुलुकमागएपनि रोजगारी पाउने अवस्थाभएको बताए ।
उनलेहामीकहाँ डिग्रीको सर्टिफिकेट मात्रै छ भोकेस्नल ट्रेनिङको सर्टिफिकेट छैने विद्यार्थीलाई जुन क्षेत्रमा रुची छ त्यसकै तालिमदिनुपर्नेमा बताए ।
उहाँले महानगरले पनिप्राविधिक र व्यावसायिकशिक्षालाई उच्चप्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । मेयर कोइरालाले मदरसाहरुको भौतिकविकासकालागिमहानगरले सहयोग गर्नेे प्रतिबद्धता गर्नु भयो । उहाँले सीमित स्रोत र साधनको बाबजुतपनिमहानगरले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसितबनाउने अभियान जारी रहेकाले साथदिन सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममाविद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।
उहाँले विराट राजाको दरबार क्षेत्रमाअवस्थितकिचबधपोखरी, मण्ठापोखरी र रानीपोखरीको निर्माण धमाधमभइरहेको बताए। बहुवर्षीय आयोजनाका रुपमा रहेका उक्तपोखरीहरुको निर्माण र सौन्दर्यकरण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागिआकर्षणको केन्द्र बन्न सक्ने मेयर कोइरालाले बताउनुभयो ।