विराटनगर, १० जेठ । कोशी प्रदेशमा रहेका ११ लाख ९१ हजार ५ सय ५६ प्रतिशत परिवार मध्ये ९६ दशमलब ८ प्रतिशत परिवारले कुनै न कुनै रुपको शौचालय प्रयोग गर्ने गरेका एक तथ्याङ्कले देखाएको छ ।
यस प्रदेशमा अझै पनि ३ दशमलब २ प्रतिशत परिवारले खुला रुपमा शौच गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ।
बुधबार विराटनगरमा आयोजना गरिएको राष्ट्रिय जनगणना २०७८ प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कोशी प्रदेशमा शारिरीक अपांगता भएकाहरुको संख्या २ दशमलब ४ रहेको जानकारी दिइएको छ । नेपालमा २ दशमलब २ प्रतिशत शारिरीक अपांगता भएका व्यक्तिहरु रहेका छन् ।
यसैगरी कोशी प्रदेशमा विगत १० वर्षा करिब २० प्रतिशत परिवार संख्या बढेको पाइएको छ । २०६८ सालको जनगणनामा कोशी प्रदेशमा ९ लाख ९२ हजार ४ सय ४५ परिवार संख्या रहेकोमा ०७८ सालको जनगणनामा बढेर ११ लाख ९१ हजार ५ सय ५६ परिवार संख्या पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक र्सार्वजनिक भएपछि संघिय, प्रदेश र स्थानीय सरकारहरुलाई सरोकारवाला लक्षित कार्यक्रमहरु बनाउन सहयोग पुग्ने कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
सो कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मंत्री भक्ति प्रसाद सिटौला, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु मोरङका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरको उपस्थिति रहेको थियो ।