विराटनगर, ६ जेठ ।
खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन भन्ने नारा सहित विराट राजाको दरबार बाट बर्जु ताल सम्मको करिब २४ किलोमिटर लामो हाफ म्याराथन दौड नेपाली सेनाका नरेन्द्र सिंह रावतले १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरी १ लाख रुपैया जितेका छन् ।
पर्यटन प्रवद्र्धन तथा पर्यटकिय क्षेत्रलाई परिचित गराउने उद्देश्यले कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मंत्रालयले आयोजना गरेको सो म्याराथन दौड प्रतियोगिता १ घण्टा १८ मिनेटमा पूरा गरी नेपाली सेना कै सुशिल कुमार शाही दोश्रो भएका छन् भने वैतडीका मोहन देव जोशी तेश्रो भएका छन् । उनले १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरेका थिए । दोश्रो र तेश्रो हुनेले ७५ हजार र ५० हजार रुपैया जितेका छन् । सो प्रतियोगिताको चौथो, पाँचौ र छैठौंलाई १५÷ १५ हजार रुपैया सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी महिला ५ किलोमिटर दौड प्रतियोगिता नेपाल प्रहरीकी रेखा विष्टले जितेकी छिन् । उनले २५ हजार नगद प्राप्त गरेकी छिन् । दोश्रो हुने सशस्त्र प्रहरीकी सीमा थारु चौधरीले २० हजार र तेश्रो हुने नेपाल प्रहरीकी विर्सना कुमालले १५ हजार रुपैया प्राप्त गरेकी छिन् ।
सो प्रतियोगिताका विजयी खेलाडीहरुलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मंत्री जीवन आचार्यले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । सो कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन, वन तथा वातावरण मंत्री आचार्यले आर्थिक आम्दानी हुने पर्यटकिय क्षेत्रको विकासका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताउनु भयो । उहाँले पर्यटकिय क्षेत्रबाट प्रदेश सरकारलाई पनि राजस्व आउने भएकाले यस्ता क्षेत्रको विकास आवश्यक भएको बताउनु भयो ।
सो हाफ म्याराथन प्रतियोगितामा ५४ जना पुरुष र १९ जना महिलाहरु सहभागि भएका थिए ।