बिराटनगर, २ जेठ ।

 बिराटनगर महानगरपालिका वडा नं. १७ बाट साडे ३ लाख भन्दा बढीको अबैध समान सहित ओसार पसारमा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको टिआर समुहबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो १ बजे को १ च ६३२८ नम्बरको मारुति भ्यानमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिब ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको जनाएको छ ।

समान बरामद भएसंगै चालक बिराटनगर १७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाईएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।