विराटनगर, १ जेठ ।
जेठ ६ गते कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मंत्रालयको आयोजनामा विराट बर्जु हाफ म्याराथन आयोजना गरिने भएको छ ।
सोमबार खेलकुद पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत आयोजना गर्न लागिएको सो हाफ म्याराथन प्रतियोगिताबाट खेलकुदका साथै कोशी प्रदेशको दुई महत्वपूर्ण पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन, वन तथा वातावरण मंत्रालयका सचिव संजिब कुमार राईले जानकारी दिए ।
विराटनगरको विराट दरबार संग्रहालयबाट शुरु हुने सो हाफ म्याराथन करिब २३ किलोमिटर पार गरी सुनसरीको बर्जु ताल सम्म पुग्नेछ । करिब १ सय जना सहभागि हुने सो दौड प्रतियोगिताको खुला तर्फ पहिलो हुनेले एक लाख रुपैया, दोश्रोले ७५ हजार, तेश्रोले ५० हजार र चौथो, पाँचौ र छैठौंले सान्त्वना पुरस्कार वापत १५÷१५ हजार रुपैया प्राप्त गर्नेछन् ।
सो खेलकुद पर्यटन प्रवद्र्धन कार्यक्रममा ५ किलोमिटरको महिला दौड प्रतियोगिता पनि आयोजना गरिएको छ । महिला दौड तर्फ प्रथम हुनेले २५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने पर्यटन, वन तथा वातावरण मंत्रालयले जनाएको छ ।