विराटनगर १ जेठ

 विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ । 

 महानगरका मेयर नागेश कोइरालालाई एक कार्यक्रमका विच डस्विन हस्तान्तरण गरेको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले जानकारी दिए । उनले महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने बताए । उनले विराटनगर बनाउने दायित्व सबैको भएकाले आफूले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भनेर निःशुल्क रुपमा डस्विन प्रदान गरेको जानकारी दिए ।

डस्विन निर्माण गर्दा एउटाको १२ हजार ५ सय परेको जानकारी दिइएको छ  । त्यस्तै कार्यक्रममा मेयर कोइरालाले अनबर जस्तै मनकारीहरुको साथ र सहयोग प्राप्त भए विराटनगर समृद्धि र व्यवस्थित बन्न समय नलाग्ने बताए । उनले महानगरको एक्लो प्रयासले मात्रै विराटनगरको विकास गर्न नसकिने उल्लेख गर्दै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा सवै एक जुट हुनुपर्ने बताए । महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले प्राप्त डस्विनलाई मुख्य बजार क्षेत्रमा राखिने जानकारी दिए ।