विराटनगर । किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा  उभौली पर्वलाई विराटनगरमा बसोबास गर्ने राइ लिम्बु र याख्या जातिहरुले सडकमा विरोधको रुपमा मनाएका छन् ।

 कोशी प्रदेशको नामाकरण खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले विराटनगरको रोडशेष चोकमा साकेला सिली र च्याम्बु्रङ नाच नाचेर सांस्कृतिक विरोध गरेका हुन् । शान्तिपूर्ण सांस्कृतिक विरोध कार्यक्रममा अन्य समुदायको पनि सहभागिता रहेको थियो । 

सांस्कृतिक विरोध कार्यक्रम पछि सहभागिहरुले साकेला थानमा गएर विधिपूर्वक पूजाआजा गरेका थिए ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै  कोशी प्रदेशमा पुर्न नामको माग राख्दै पहिचान पक्षधर सडक आन्दोलित रहेका छन् ।

IMG20230505161317
IMG20230505161221
IMG20230505161321