विराटनगर, १५ बैशाख ।नेपालमा सरकारको कर नीतिका कारण स्यानेटरी प्याड उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बेला मोरङको बुढीगंगा गाँउपालिका स्थित विराट मेडिकल कलेज परिसरमा विराट हेल्थ केयर इण्डष्ट्रिज उद्योग स्थापना गरेर उत्पाद सुरु गरेकोे छ । 

कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्नुभन्दा तयारी स्यानेटरी प्याड नै आयात गर्नु सस्तो पर्ने भएकाले सरकारले आगामी बजेटमा दुई स्ल्याबको भंसार दर फरक गरिदिनुपर्ने विराट हेल्थ केयर इण्डष्ट्रिजका म्यानेजिङ डायरेक्टर सुरज खड्काले माग गरे ।

स्यानेटरी प्याडको कच्चा पदार्थ आयात गर्दा एक देखि ३० प्रतिशत सम्म भंसार लाग्ने गरेकोमा स्यानेटरी प्याड नै आयात गर्दा डेढ प्रतिशत मात्र भंसार लाग्ने गरेको छ । उनले आयातित वस्तु संग प्रतिस्पर्धा गर्न गाह्रो भएकोले स्थानीय उद्योगको संरक्षणका लागि सरकारले पुरानो नीति परिवर्तन गर्नुपर्ने बताए ।

सुरज दाहाल, म्यानेजिङ डायरेक्टर, विराट हेल्थ केयर इण्डष्ट्रिज ।

भारत तथा चीनबाट नेपालमा ७० प्रतिशत स्यानेटरी प्याड, डायपर लगायतका वस्तुहरु आयात हुने गरेको छ । सरकारले कर नीतिमा परिवर्तन गरिदिए स्यानेटरी प्याड लगायतका वस्तुहरु निर्यात गर्न सकिने बताइएको छ 


करिब ५० करोड लगानीमा स्थापना गरिएको सो उद्योगले स्यानेटरी प्याड, र्सर्जिकल मास्क, क्याप र बेबी डायपर लगायतका सामग्री उत्पादन गरिरहेको छ । सो उद्योगमा ६० जना महिलाहरुले रोजगारी पाएका छन्।